दफा
प्रमाण बुझ्न नपर्ने कुराहरू
(१) देहायका कुनै कुराका सम्वन्धमा प्रमाण बुझ्न पर्दैन:
(क) मुद्दाको कुनै पक्षले व्यक्त गरेको कुनै कुरा अर्को पक्षले लिखित रूपमा स्वीकार गरेमा सो स्वीकार गरेको कुरा, तर अदालतले उपयुक्त ठानेमा त्यस्तो कुराका सम्वन्धमा पनि प्रमाण बुझ्न सक्नेछ ।
(ख) दफा ५ बमोजिम अदालतले स्वंम न्यायिक जानकारी लिने कुरा ।
(२) दफा ६ र ७ बमोजिम कुनै कुरा अनुमान गर्न अदालतले कुनै प्रमाण बुझ्न पर्दैन ।
तर दफा ७ बमोजिम कुनै कुरा अनुमान गर्नुभन्दा अघि अदातलले आवश्यक प्रमाण बुझ्न सक्नेछ ।